PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश राजधानी दाङ बनाउने चर्चापछि बुटबलमा आन्दोलन घोषणा : चक्का जाम, दबाब र्‍याली र मसाल जुलुस



चन्द्रकान्त खनाल

प्रदेश राजधानी दाङ बनाउने चर्चापछि बुटबलमा आन्दोलन घोषणा : चक्का जाम, दबाब र्‍याली र मसाल जुलुस

रुपन्देही :  सरकारले प्रदेश नं ५को राजधानी दाङलाई बनाउने चर्चा चलेसंगै बुटबलमा आन्दोलनको कार्यक्रम सुरु भएको छ। बुधबार नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ। बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको वताएका छन्।

कांग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए। ‘पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौँ, उनले भने। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आवश्यक भौतिक पूर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकीय एवं व्यापारिक हिसाबले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने वताए।

कांग्रेसले आन्दोलनको सांकेतिक स्वरूप बिहीबार बिहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ। यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भए पनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले चेताबनी दिइएका छन।

यसै गरि नेकपा एमालेले पनि दबाब मूलक कार्यक्रमको घोषणा गरेको छ। स्थानीय संघस्रंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहीबार बिहान ११ बजे पुष्पलाल पार्कमा दबाव याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए। उता एमाले निकट अनेरास्ववियु आन्दोलनको सुरु गरेका छ अनेरास्ववियुले बुटवलमा आज साझ मसाल जुलुस निकाल्दै आन्दोलन सुरु भएको उद्घोष गरेको हो। अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो।

प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानरसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन।

मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए। 'अखण्ड पाँच नम्बर प्रदेश निर्माणको आन्दोलनको केन्द्रबिन्दुलाई अबमूल्यन भए हामी कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं' पान्डेले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell