PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

राज्जा रानीको प्रिमियर : लालबाबु पण्डितले पनि हेरे फिल्म



पहिलोपोस्ट

राज्जा रानीको प्रिमियर : लालबाबु पण्डितले पनि हेरे फिल्म

काठमाडौं : दाइजो प्रथाको विषय समेटिएको नेपाली फिल्म राज्जा रानीको बुधबार प्रिमियर गरिएको छ। काठमाडौंको राइजिङ महलमा रहेको क्युज सिनेमामा गरिएको प्रिमियरमा नेकपा एमालेका नेता लालबाबु पण्डित समेत उपस्थित थिए। श्रीमतीसहित पूरा फिल्म हेरेका पण्डिले फिल्मको प्रशंसा गरे।

नाजिर हुसेन र केकी अधिकारीको मुख्य अभिनय रहेको राज्जा रानी नेपालगन्जमा छायांकन गरिएको फिल्म हो। फिल्ममा नाजिरले राज्जा र केकीले रानीको भूमिकामा अभिनय गरेका छन्। फिल्मको गीत चिपक चिपक यसअघि नै चर्चित भइसकेको छ। याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म राज्जा रानीमा नाजिर र केकीसँगै कामेशवर चौरसिया, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, संगिता नापित लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell