PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सर्वदलीय बैठक बालुवाटारमा सुरु



पहिलोपोस्ट

सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौः प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ। बैठक प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए।

त्यस्तै नयाँ सरकार गठनको बारेमा पनि छलफल हुदैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठकमा पाँच दलका शीर्ष नेता उपस्थित भएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थिति छैनन्। ओली केही दिनदेखि आराम गरिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell