PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

हिजोभन्दा अझ घट्यो काठमाडौँको तापक्रम



पहिलोपोस्ट

हिजोभन्दा अझ घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ : यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ।

काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो। मौसमविद् शान्ति कँडेलले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ। चिसो अझै बढ्ने छ। 

बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ। अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ। आज सबैभन्दा कम जुम्लामा ऋणात्मक(माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell