PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

काठमाडौंमै रिवल्भरसहित गेस्ट हाउसबाट समातिए युवक



पहिलोपोस्ट

काठमाडौंमै रिवल्भरसहित गेस्ट हाउसबाट समातिए युवक
प्रतीकात्मक फोटो

काठमाडौं : प्रहरीले हतियार सहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ। कोटेश्वरको न्यु सुनकोसी गेष्ट हाउसबाट हतियार सहित एक जना पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी रवि पौडेलले बताए।

पक्राउ पर्नेमा खोटाङ घर भएका सुभाष केसी रहेका छन्। उनको साथबाट प्रहरी एक थान रिवल्भर, एक थान कटुवा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell