PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

सरकारले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्न पाउनुपर्छ- नारायणकाजी



पहिलोपोस्ट

सरकारले प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्न पाउनुपर्छ- नारायणकाजी

  • पासाङ ठकुल्ला-

काठमाडौं: प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रदेश प्रमुख र अस्थायी प्रदेश मुकाम तोक्ने विषयमा राजनीतिक सहमति गर्न बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाए। 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली बाहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहित शीर्षदलका शीर्ष नेताहरुको उपस्थिति रह्यो।

छलफल सकिएलगत्तै नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले छलफलमा भएका विषयबारे सञ्चारकर्मीलाई जानकारी दिए।  
उनले नयाँ सरकार गठनको लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउन वाम गठबन्धनले सुझाव दिएको बताए। 

‘राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोक्न ढिलाई भए आफुलाई सैह्य हुदैन,’ नेता श्रेष्ठले भने, ‘निर्वाचित जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्नका लागि आवश्यक संवैधानिक र कानुनी पक्रिया पुरा गर्न पाउँछ। सरकारले के के गर्नु पर्छ छिटो गरोस्।’

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश प्रमुख माग गरेको छ। यस विषयमा उनले भने, ‘जन प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने विषयमा सरकारले आफ्नो ढंगले निर्णय गर्न पाउँछ। तर दीर्घकालिन नियुक्ती नीतिगत निर्णय भने गर्न पाउँदैन।’ 

श्रेष्ठले प्रदेश प्रमुख सरकाले आफ्नो ढंगबाट गर्न पाउने प्रतिक्रिया दिएपछि सञ्चारकर्मी माओवादी केन्द्रसँग एकताको प्रक्रियामा रहेको पार्टी नेकपा एमाले तर्फका उपाध्यक्ष भीम रावलतर्फ झुम्मिए।

यस अघि नेकपा एमालेका नेताहरुले कामचलाउ सरकाले प्रदेश प्रमुख तोके प्रदेशसभामा निर्वाचित सदस्यहरुले सपथ नगर्ने अभिव्यक्ति दिएका थिए।

रावलले हामी एकै पार्टीका नेता भएको भन्दै प्रतिक्रिया दिन आनाकानी गरे। तर सञ्चारकर्मीले जोड गरेपछि रावलले भने, ‘हामी एकै पार्टीका नेता हौ, कुरा एकै हो, शब्द फरक पर्न सक्छ।’ 

उनले थपे, ‘प्रदेश प्रमुख तोक्ने विषयमा के कसरी गर्ने यस विषयमा हामी जानकार छैनौ। तर सरकारले कुनै किसिमको बाधा अड्चन नआउने गरि राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढोस।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell