PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सात नेपाली र तीन भारतीय युवतीको केन्याबाट उद्दार, भारतीय विदेश मन्त्री सुषमा स्वराजले गरिन् प्रशंसा



पहिलोपोस्ट

सात नेपाली र तीन भारतीय युवतीको केन्याबाट उद्दार, भारतीय विदेश मन्त्री सुषमा स्वराजले गरिन् प्रशंसा

मानव वेचविखनको जालोमा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ।

नैरोवीमा रहेको भारतीय हाइ कमिसनले ३ भारतीय युवतीको उद्दार गरेको हो जो भारत हुँदै केन्या लगिँदै थिए। ७ नेपाली युवतीको पनि केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाटै उद्दार गरिएको हो। 

भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्‍याकेट चलेको खुलासा भएको छ।

'हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं। संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए। सात नेपाली युवतीकोसमेत उद्दार भएको छ। उनीहरुको पासपोर्ट र फोन मोम्बासामा उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै जफत गरिएको छ,' भारतीय विदेशमन्त्री सुषमा स्वराजले ट्विट गर्दै लेखेकी छिन्।

थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरको भ्रमणमा निस्किनुअघि स्वराजले ट्विट गरेकी हुन्। स्वराजले नैरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च कदर गर्दै उनीहरुको मेहनतका लागि धन्यवाद दिएकी छिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell