PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

धनकुटालाई प्रदेश १ को मुकाम तोक्न बालुवाटारमा धर्ना



पहिलोपोस्ट

धनकुटालाई प्रदेश १ को मुकाम तोक्न बालुवाटारमा धर्ना

काठमाडौं: प्रदेश १ को अस्थायी मुकाम धनकुटा तोक्न माग गर्दै धनकुटा प्रादेशिक राजधानी अभियान समितिले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घण्टा सम्म धर्ना बसेको संर्घष समितिका संयोजक तथा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले जानकारी दिए।

‘धनकुटा शान्ति सुरक्षा, उर्जा खपत र मौसमको दृष्टीकोणबाट अनुकुल छ, ’ संयोजक घिमिरेले भने, ‘प्रदेशको राजधानीको लागि आवश्य पूर्वाधारको समेत उचित व्यवस्था छ। त्यसैले प्रदेश १ को राजधानीको लागि धनकुटा उपयुक्त छ।’ 

उनले प्रदेश मुकाम धनकुटालाई तोक्न निरन्तर रुपमा दबाब मुलक कार्यक्रम गर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell