PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्राधिकरणमा जागिर लगाइदिने भन्दै १० लाख ठगी, वकिलसहित समातिए दुई जना



पहिलोपोस्ट

प्राधिकरणमा जागिर लगाइदिने भन्दै १० लाख ठगी, वकिलसहित समातिए दुई जना

काठमाडौं : नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा कानुन व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३७ वर्षीय कानुन व्यवसायी जयप्रकाश दास र ४३ वर्षीय अशोककुमार मुखियालाई पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणबाट गत भदैमा खुलेको विभिन्न तहमा आवेदन भरेकासँग जागिर लगाइदिने भन्दै रकम लिएर फरार भएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

सिनियर मिटर रिडर पदमा आवेदन दिएका मध्ये केही आवेदकसँग सम्पर्क गरी 'श्रम मन्त्रालयको  कर्मचारी हुँ। विद्युत प्राधिकरणका जिएम लगायतका ठूला कर्मचारी चिनेको छु' भन्दै १० लाख रुपैयाँ उठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell