PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

प्रधानमन्त्री बन्नु अघि नै ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा



सविन ढकाल

प्रधानमन्त्री बन्नु अघि नै ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई भावि प्रधान मन्त्रीको रुपमा हेर्न थालिएको छ। नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधान मन्त्री सरहको सुरक्षा प्रदान गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक( डिएसपी)को कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो। यसअघि भने अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा दिँदै आएको थियो।

प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको हो। प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ। प्रधान मन्त्रीको सुरक्षाको कमान्ड डिएसपी कोमल शाहले लिइरहेका छन्।

अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरीको तर्फबाट भने प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन्। भावि प्रधानमन्त्रीको रुपमा हेरिएको र सुरक्षा चुनौती बढेकाले डिएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका एक अधिकृतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell