PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

दीपायललाई प्रदेश मुकाम तोक्न बालुवाटार पुगेका जनप्रतिनिधिको ज्ञापनपत्र बुझेनन् देउवाले



पहिलोपोस्ट

दीपायललाई प्रदेश मुकाम तोक्न बालुवाटार पुगेका जनप्रतिनिधिको ज्ञापनपत्र बुझेनन् देउवाले

काठमाडौं: प्रदेश ७ को अस्थायी राजधानी दिपायललाई घोषण गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका डोटीका प्रतिनिधिको ज्ञापनपत्र समयाभाव भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बुझेनन्।

प्रतिनिधिसभा सदस्य प्रेम आले मगरको नेतृत्वमा प्रदेशसभा सदस्य त्रिलोचन भट्ट, भरत बहादुर खड्का र पूर्ण जोशी ज्ञापनपत्र लिएर बिहिबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए। 

यसअघि उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले उप महासचिव विष्णु पौडेलले ज्ञापन पत्र बुझासकेको प्रतिनिधिसभा सदस्य प्रेम आलेले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री देउवाले भने भेट्नै चाहेनन्।’ 

जनताका माग बोकेर गएका जनप्रतिनिको ज्ञापन पत्र नबुझनु प्रधानमन्त्रीको गैर जिम्मेवारी भएको भन्दै उनले आक्रोश पोखे, ‘हामी समय लिएर गएका थियौँ, प्रधानमन्त्रीले हुन्छ भनेका थिए। हामीले ३ घण्टा सम्म कुर्यौ, अन्तमा प्रधानमन्त्रीले समय नभएको भन्दै भेटन मानेनन्।’ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell