
मंगलबार ७ करोड ८३ लाख र बुधबार ५ करोड ८४ लाख बटुल्दै सलमान खान, कैटरिना कैफ स्टारर फिल्म टाइगर जिन्दा हे ३ सय करोडको क्लबमा छिर्ने तयारीमा छ। फिल्मले अहिलेसम्म २ सय ८६ करोड कलेक्सन गरिसकेको छ। महाराष्ट्रमा भएको आन्दोलनका कारण फिल्मको आम्दानीमा असर परेको भए पनि सहजै ३ सय करोड क्लबमा उक्लिने भएको हो।
धेरै पैसा बटुल्ने बलिउडका अल टाइम ग्रसरमा फिल्म पाँचौ स्थान हासिल गर्न सफल भएको छ। बलिउडका धेरै कमाउने शीर्ष फिल्ममा दंगल छ जसले ३ सय ८७ करोड कमायो। त्यस्तै पिकेले ३ सय ४० करोड कमाएको छ। बजरंगी भाइजानले ३ सय २१ करोड र सुल्तानले ३ सय १ करोड कमाएका छन्।
आजको आम्दानीले फिल्म २ सय ९० करोड माथि चढ्ने छ र तेस्रो विकेन्डमा आम्दानी बढाउने छ।