PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ह्वाइट हाउसले भन्यो-किम जोङ उनको मानासिक सन्तुलन ठीक छैन



पहिलोपोस्ट

ह्वाइट हाउसले भन्यो-किम जोङ उनको मानासिक सन्तुलन ठीक छैन
Photo-voanews.com

वासिङटन: अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाली नेता किम जोङ उनको मानासिक सन्तुलन ठिक नभएको प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सरा हुकाबीले बुधबार किम जोङ मानासिक रुपमा अस्थिर रहेको प्रतिक्रिया दिएकी हुन्। 

नयाँ वर्षको सुरुवातमै किम जोङले अमेरिकालाई धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत जवाफ फर्काएका थिए। 

यही ट्वीटबारे प्रश्न सोधिएपछि प्रेस सेक्रेटरी हुकाबीले भनिन्, ‘उत्तर कोरियाली जनताले उनीहरुका शासकको मानासिक स्वास्थ्यबारे ख्याल राखोस। उनले पटकपटक यस्ता धम्की दिएका छन्। अनि मिसाइल पनि पटकपटक परीक्षण गरेका छन्।’ ट्रम्प र किमबीच पटकपटक वाकयुद्ध चल्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell