PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

दिपायलमा आन्दोलनकारीले नै स्थापना गरे सातवटा प्रदेश मन्त्रालय



पहिलोपोस्ट

दिपायलमा आन्दोलनकारीले नै स्थापना गरे सातवटा प्रदेश मन्त्रालय
फोटो: लखन चौधरी

काठमाडौंः प्रदेश ७ को अस्थायी राजधानी दिपायललाई तोक्न माग गर्दै स्थानीयले मन्त्रालयको ब्यानर टाँगेका छन्।

धनगढीलाई प्रदेश राजधानी बनाउने प्रस्ताव अाएसँगै सरकारलाई दबाव दिन बिहिबार स्थानीयले ७ मन्त्रालयका नामसहितका ब्यानर सरकारी कार्यालया टाँगेका हुन्।
 
दिपायलका सरकारी भवनमा मन्त्रालयको नामसहितको ब्यानर टाँगेको संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खडकाले जनाए। 

‘आन्दोलन शान्तिपूर्ण रुपमा भैरहेको छ,’  खडकाले भने, ‘सरकारको कान खुलाउन शुक्रबार क्षेत्रिय प्रशासन अघि थाल बजाएर दबाब दिन्छौँ।’ 
सरकाले प्रदेश ७ को मुकाम धनगढीलाई तोक्ने प्रस्ताव गरेपछि यसविरुद्ध आन्दोलन चर्किएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell