PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

नयाँ सरकार गठनमा कांग्रेस होइन, कानून बाधक: खड्का



पहिलोपोस्ट

नयाँ सरकार गठनमा कांग्रेस होइन, कानून बाधक: खड्का

भक्तपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको दाबी गरेका छन्। 

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भएको बताए। 

उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे। कांग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताए। 

राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुनेहुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उनको दाबी रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell