.jpg)
काठमाडौं : नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल १६औँ राष्ट्रिय मिहला फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ए को खेलहरुपछि पिलस समट्ठ विजेता तथा सुदूरपश्चिम समूह उपविजेता हादै सुपर लिगमा प्रवेश गरेको हो।
राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको प्रतियोगितामा बिहीबार पूर्वाञ्चलाई ५-० ले हराएको पुलिस अपराजित रहदै समूह विजेता बन्यो। पुलिसको जितमा निर्मला विकले ह्याट्रिक गरिन्। यस्तै निरु थापाले २ गोल गरिन्।
यता समूह चरण पार गर्ने एक मात्र विकास क्षेत्रिय टिम बनेकव सुदूरपश्चिमले अन्तिम खेलमा मध्यमाञ्चललाई १-० ले हरायो। समूह चरणमका सुदूरपश्चिमलाई दोस्रो जित दिलाउन किरण चौधरीले खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यसअघि नै समूह बी बाट विभागीय क्लबद्वय त्रिभुवन आर्मी र नेपाल एपीएफ सुपर लिगमा प्रवेश गरिसकेका छन्।
सुपर लिगमा यी चार टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन्।