PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेट कार्निभल गर्ने



पहिलोपोस्ट

मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेट कार्निभल गर्ने

काठमाडौं : मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा पहिलो पटक क्रिकेट कार्निभल हुने भएको छ। बिहीबार एकेडेमीले पत्रकार सम्मेलनमार्फत कार्निभल गर्ने जानकारी गराएका हव।

कार्निभलमा नेपाली क्रिकेटको बिगत, वर्तमान र भबिष्य विषयक सेमिनार र क्रिकेट सम्बन्धि बृत चित्र पनि प्रदर्शनी गरिने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी गराएका छन्। क्रिकेटलाई आम नागरिकसँग जोड्न कार्निभलले महत्वपूर्ण भूमिका निभाउने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए। त्यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउने एक जना व्यक्तिलाई यस वर्ष देखि 'मदन भण्डारी क्रिकेट अवार्ड' ले सम्मान गरिने एकेडेमीका महासचिव बचन देउजाले बताए।

दुई दिने कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार, व्यवसायीवीच प्रदर्शनी खेल हुनेछ। यस्तै क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने कार्निभलको राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन्। कार्निभलमा ५० हजारले अवलोकन गर्ने विश्वास आयोजकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell