PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

गठबन्धनमा दरार ल्याउन व्यापक प्रचारबाजी भइरहेको छ-खनाल 



रासस

गठबन्धनमा दरार ल्याउन व्यापक प्रचारबाजी भइरहेको छ-खनाल 

झापा: नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्। 

झापाको बिर्तामोडमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन।” 

पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे। 

“वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ”–उनले भने, “त्यो सबै निराधार प्रचार हुन्।”
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell