PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

किन हार्‍यो राप्रपा? : नेता नै भन्छन् 'कांग्रेससँग मिलेर' 



पहिलोपोस्ट

किन हार्‍यो राप्रपा? : नेता नै भन्छन् 'कांग्रेससँग मिलेर' 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्। 

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे। 

बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ। 

पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ। सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले भोलि जवाफ दिने कार्यक्रम तय गरिएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell