PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा अनिता र जंगलाइ स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा अनिता र जंगलाइ स्वर्ण

काठमाडौं : एपिएपका अनिता कार्की महिला तर्फ र जंग गिरीले पुरुष तर्फ राखेप च्याम्पियनसिप अन्तरगत तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन्। उनीहरुले ईपी विधा अन्तर्गत आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन्।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला इपीतर्फ सेनाकी ईन्दिरा पौडेलले रजत र सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले कास्य पाए।

तीन दिने प्रतियोगिताको पुरुष तर्फ सेनाका दिपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपिएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर केसीले कास्य पाए।

प्रतियोगितामा नेपाली सेना, एपिएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरि ९६ खेलाडीहरुको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell