
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेल मात्र खेलमा टोटनहम हस्टपरले वेष्टहमसँग बराबरी खेल्दै अंक बाँडेको छ।
होन मिन सनले खेल सकिन ६ मिनेट अगाडी गरेको गोल मद्दतमा टोटनहमले खेल १-१ को बराबरीमा सकाएको हो।
७०औँ मिनेटमा पेड्रो ओवियाङले गोल गर्दै वेष्टहमलाई पहिले अग्रता दिलाएका थिए। घरेलु मैदानमा १-० ले पछि परेको टोटनहमका लागि ८४औँ मिनेटमा सनले बराबरी गोल गरे।
बराबरीपछि २२ खेलबाट ४१ अंक रहेको टोटनहम पाँचौ स्थानमा यथावत छ।