
आगामी सिजनको इन्डियन प्रिमियर लिग आइपिएलका लागि दिल्ली डेयर डेभिल्सले अष्ट्रलियन लेजेण्ड प्लेअर रिक्की पोन्टिङलाई प्रशिक्षक नियुक्त गरेको छ। दिल्लीले अफिसियल ट्वीटरमार्फत उक्त घोषणा गरेको हो।
पोन्टिङले आइपिएलमा प्रशिणा सम्हाल्न लागेको दिल्ली दोस्रो टिम हो। यसअघि सन् २०१५ मा पोन्टिङले मुम्बई इन्डियन्सको प्रशिक्षण सम्हालेका थिए र उक्त सिजन मुम्बईले उपाधि समेत जितेको थियो। पोन्टिङले अब दिल्लीमा प्याड्डी अप्टन र राहुल द्रविडको स्थान लिनेछन्।
We are glad to announce our new head coach for IPL 2018 and it is none other than the legend, Ricky Ponting. #DilDilliHai pic.twitter.com/PZtQKoUhMd
— Delhi Daredevils (@DelhiDaredevils) January 4, 2018
दिल्लीले अप्टनको सम्झौता नविकरण नगरी पोन्टिङलाई प्रशिक्षण बनाएको हो। यस्तै द्रविड भने भारतको ए टिम र यू-१९ टिमको प्रशिक्षक बनेका छन्।
दिल्लीले गत सिजन छैटौँ स्थानमा टुङ्गाएको थियो। यस सिजनको लागि दिल्लीले क्रिस मोरिस, रिसव पन्त र श्रेयास ऐरलाई रिटेन गरिसकेको छ।
सन् २०१३ मा खेलाडीको रुपमा मुम्बई जोइन भएका पोन्टिङ २०१४ मा टिमको एड्भाइजर् कमिटीमा थिए।
पोन्टिङले सन् २००८ को पहिलो सिजनमा कोलकता नाइट राइडर्सका लागि खेलेका थिए।