PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

चार दिनदेखि ओली बालकोटमै, कस्तो छ स्वास्थ्य?



पहिलोपोस्ट

चार दिनदेखि ओली बालकोटमै, कस्तो छ स्वास्थ्य?

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा देखिएनन्।

त्यसो त माओवादी केन्द्रसँगको एकताका लागि बस्ने भनिएको छलफलमा पनि ओलीको ‘एक्सन’लाई व्यग्रताका साथ पर्खिरहेका छन् वाम गठबन्धनका कार्यकर्ता।

राष्ट्रिय सभाको निर्वाचन चाँडो हुनुपर्ने माग गरिरहेका ओली पछिल्लो चार दिन औपचारिक कार्यक्रममा देखिएका छैनन्।

किन त?
यसबारेमा पहिलोपोस्टले ओलीका प्रेस संयोजक चेतन अधिकारीसँग बुझ्दा उनी अहिले पनि अनौपचारिक छलफलमा व्यस्त छन्।

स्वास्थ्यमा केही गढबढी देखिएपनि अहिले सुधार हुँदै गएको छ। 

ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘अध्यक्ष ज्यूको स्वास्थ्य अवस्था क्रमश सुधार भइरहेको छ। उहाँले पार्टीको आन्तरिक छलफल र भेटघाट जारी राख्नुभएको छ।‘

अध्यक्ष ओलीको सचिवालयका अनुसार उनलाई सामान्य पखला लागेको हो। ओलीले १६ गते पार्टीको आन्तरिक छलफल गरेका थिए।

त्यसपछि स्वास्थ्यमा गढबढी आएकाले उनी आफ्नै निवास बालकोटमा आराम गरिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell