काठमाडौं: रुकुमको बाफिकोट गाँउपालिका ३ जगरामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान सोलाङबाट नुन लिएर पिपलतर्फ आउदै गरेको रा १ २६२८ नम्बरको ट्याक्टर दुर्घटना हुदा स्थानीय १८ वर्षीय एक किशोरको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।