PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठको अर्डर गर्नु छ भन्दै गोली चलाइयो, घाइते पौडेलको मृत्यु



सविन ढकाल

काठको अर्डर गर्नु छ भन्दै गोली चलाइयो, घाइते पौडेलको मृत्यु

काठमाडौं : आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भएको छ।

टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए। मिल व्यवसायी पौडेललाई 'काठको अर्डर गर्नु छ' भन्दै अर्डर टिप्न लाग्दा गोली हानेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको डिएसपी डिल्लीराम पाण्डेले बताए।

पौडेललाई गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेले भने 'गोली किन र कस्ले हान्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।' प्रहरीले रुपन्देही प्रवेश गर्ने सबै नाका सिल गरेर सर्च गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell