PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

फ्राइडे रिलिज : दुई नेपाली फिल्म सार्वजनिक



पहिलोपोस्ट

फ्राइडे रिलिज : दुई नेपाली फिल्म सार्वजनिक

काठमाडौं : शुक्रबारबाट दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म 'राज्जा रानी' र 'फिर्के' रिलिज भएका हुन्।

याम थापा निर्देशित राज्जा रानी नेपाली मात्र नभएर मैथिली भाषामा समेत सार्वजनिक छ। पश्चिम तराईमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया लगायतको मुख्य अभिनय रहेको छ।

त्यस्तै 'फिर्के'लाई रवि डंगोलले निर्देशन गरेका हुन्। फिल्ममा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिष्टी पौडेल, अर्जुन गुरुङको अभिनय रहेको छ।

बलिउडतर्फ नयाँ फिल्म रिलिज भएन। हलिउडका लागि भने दुई फिल्म 'द ग्रेटेस्ट सोम्यान' र 'इन्साइडियसस् द लास्ट की' रिलिज भए।

पिरियोडिक म्युजिकल ड्रामा द ग्रेटेस्ट सोम्यानलाई माइकल ग्रेसीले निर्देशन गरेका हुन्। फिल्ममा ज्याक इफ्रोन, माइकल विलियम्स, ह्युग ज्याकम्यान लगायतको अभिनय छ।

त्यस्तै सुपरन्याचुरल हरर ड्रामा इन्साइडियस द लास्ट कीलाई एडम रबटेलले निर्देशन गरेका हुन्। फिल्ममा लिन से र अंगुल साम्पसनको मुख्य अभिनय छ।

दुई हलिउड मल्टिप्लेक्समा मात्र छन् भने नेपाली फिल्महरुले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा पनि सो पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell