PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

कांग्रेस जनताबाट ‘डिस्कनेक्ट’ भयो : राधेश्याम अधिकारी



पहिलोपोस्ट

कांग्रेस जनताबाट ‘डिस्कनेक्ट’ भयो : राधेश्याम अधिकारी

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद राधेश्याम अधिकारीले कांग्रेस जनताबाट ‘डिस्कनेक्ट’ भएको बताएका छन्।

पहिलोपोस्टसँगको कुराकानीमा अधिकारीले कांग्रेसले अपनाएको पछिल्ला नीति जनताले मन नपराएको र जनता डिस्कनेक्ट भएको बताएका हुन्।

कानुनविद्समेत रहेका अधिकारीले भने, ‘निर्वाचनको परिणामबाटै जनता कांग्रेसबाट डिस्कनेक्ट भएको देखियो, जनता कांग्रेसले अपनाएको पछिल्लो नीतिका कारण खुसी भएनन्।’

निर्वाचनमा हारको समीक्षा गर्दै आगामी पाँच वर्षमा पहिलो दल बन्न अहिलेदेखि नै तयारी गर्नुपर्ने उनको सुझाव छ। ‘कांग्रेस पहिलो दल बन्नका लागि अहिलेबाटै तयारी थाल्नुपर्छ, यसका लागि कांग्रेसले जनतासँग कनेक्ट हुने खालका नीति ल्याउनुपर्छ,’ अधिकारीले भने।

वाम एकताका कारण नेपाली कांग्रेस निर्वाचनमा हारे पनि लोकप्रिय मतमा कांग्रेस नै अगाडि रहेको दाबी गर्दै उनले वाम गठबन्धनको काउन्टर गर्ने नीति कांग्रेसले ल्याउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell