PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्वास्थ्य परीक्षणका लागि बैंकक जाने तयारीमा ओली



पहिलोपोस्ट

स्वास्थ्य परीक्षणका लागि बैंकक जाने तयारीमा ओली

काठमाडौं : चार दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचको लागि बैंकक जाने भएका छन्। 

केही दिन अघि झाडापखलाका कारण ओली अस्वस्थ थिए। फलो अपका लागि बैंकक जाने भनिए पनि मिति भने तय भइसकेको छैन।

‘स्वास्थ्य जाँचका लागि रेगुलर फलोअपमा अध्यक्ष बैंकक जानुपर्छ,’ ओलीका एक सहयोगीले भने, ‘बैंकक जाने तयारी रहेको छ। मिति भने तय भएको छैन।’ 

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अघि नै जानुपर्ने भए पनि निर्वाचनका कारण बैंकक जान ढिलाइ भएको उनले बताए।
 
राष्ट्रिय सभाको निर्वाचनभन्दा पहिले नै बैंकक जाने तयारीमा ओली रहेका छन्। स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि ओली अनौपचारिक छलफलमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell