PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न राष्ट्रपति र प्रधानमन्त्री भेट्दै



पहिलोपोस्ट

राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न राष्ट्रपति र प्रधानमन्त्री भेट्दै
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्दैछन्।

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी छलफल गर्न प्रधानमन्त्री देउवा ३ बजे राष्ट्रपति निवास पुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

‘राष्ट्रिय सभाको निर्वाचनबारे छलफलका लागि प्रधानमन्त्री राष्ट्रपति भेट हुन लागेको हो,’ प्रेस संयोजक परियारले भने।

भेटमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा पनि छलफल हुने छ।

बिहीवारमात्र प्रधानमन्त्री देउवाले यस विषयमा प्रमुख पाँच दलका नेताहरुसँग छलफल गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell