PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

किन प्रधानमन्त्रीले डाके क्याबिनेटको आकस्मिक बैठक?



पहिलोपोस्ट

किन प्रधानमन्त्रीले डाके क्याबिनेटको आकस्मिक बैठक?

काठमाडौं : विना सेड्युल प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। सत्ता हस्तान्तरणको विषय राष्ट्रिय सभा निर्वाचनसँग जोडिएर लम्बिँदै गएको अवस्थामा प्रधानमन्त्री देउवामाथि चर्को दवाव छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद् डाकिएको हो। राष्ट्रिय सभा निर्वाचनसँगै जोडिएका विषय पेचिलो राजनीतिक मुद्दा बनेका बेला देउवाले यिनै विषयलाई सम्बोधन गर्न बैठक बोलाएका हुन्।

प्रदेश प्रमुख, प्रदेश मुकाम र राष्ट्रिय सभा निर्वाचन आजको मुख्य एजेन्डा भएको सूचना तथा सञ्चार मन्त्रालयका प्रेस संयोजक सिबी खड्काले जानकारी दिए।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सर्वदलीय छलफल गरेका थिए जसले कुनै निकास निकाल्न सकेन। बिहीवार नै मन्त्रिपरिषद्को बैठक बस्ने भनिए पनि सर्वदलीय बैठकका कारण बसेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell