PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

'शेरबहादुर'मा अवकाशप्राप्त आर्मीको कथा, माघ १९ मा रिलिज गर्ने तयारी



पहिलोपोस्ट

'शेरबहादुर'मा अवकाशप्राप्त आर्मीको कथा, माघ १९ मा रिलिज गर्ने तयारी

काठमाडौं : शेरबहादुर सन्की मान्छेको कथामा निर्माण भएको फिल्म शेरबहादुर माघमा रिलिज गर्ने निर्माण युनिटले तयारी गरेको छ।

अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ। निडर, सन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो। शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन्। त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ।

कलाकार सुनिल थापा फिल्मको मूख्य पात्रमा देखिएका छन्। फिल्ममा सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका रहेको छ। एक्शन, रोमान्स, ड्रामा समावेस फिल्मप्रति निर्माण पक्ष अपेक्षित छन्। आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन्।

फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ। यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ। त्यसका लागि सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन्। गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell