काठमाडौं : आज शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘राज्जा रानी’ मा नायिका रेखा थापाको समेत अभिनय रहेको छ। यसअघि फिल्म युनिटले रेखा थापाको भुमिकालाई सस्पेन्स राखेपनि फिल्म सार्वजनिक भएसँगै रेखाको अभिनय रहेको खुलेको हो।
फिल्ममा एउटा आइटम गीत रहेको छ र त्यसमा रेखा थापाले नृत्य गरेकी छिन्। यस्तै दोस्रो हाफमा गेस्ट रोलमा देखिएकी रेखाले फिल्ममा पिंकु थापको भूमिकामा अभिनय गरेकी छिन्।
पिंकु मिस बोलको आइटम गीतमा रेखाले आकर्षकु नृत्य गरेकी छिन्। यसअघि चिपक चिपक बोलको गीत सार्वजनिक गरेपछि फिल्म युनिटले उक्त आइटम गीतको बारेमा कसैलाई जानकारी दिएको थिएन। शुक्रबार फिल्म रिलिज भएपछि मात्र फिल्म युनिटले उक्त गीट्टको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो।
यम थापाको शब्दरहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत र सहिमा श्रेष्ठको स्वर रहेको छ।
दाइजो प्रथाको विषयवसत्लाई मुख्य कथा बनाइएको फिल्म ‘राज्जा रानी’मा केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका छ। केकी र नाजिरका अलावा फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, दीपक क्षेत्री लगायतका कलाकारहरुको पनि अभिनय छ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा फिल्मलाई यम थापाले निर्देशन गरेका छन् भने रमेश एमके पौडेलले निर्माण गरेका हुन्।