.jpg)
काठमाडौं : १६औँ राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलको एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
राखेप च्याम्पियनसिप अन्तर्गत शुक्रवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह बी को अन्तिम खेलमा एपीएफले आर्मीलाई १-० ले पराजित गरेको हो। सावित्रा भण्डारी दोस्रो हाफको सुरुवामा गरेको गोल नै एपीएफको जितमा निर्णायक बनेको हो।
सावित्राले ५०औँ मिनेटमा लेफ्ट फ्ल्याङ्कबाट भलि प्रहारमार्फत गोल गरेकी हुन्। उक्त गोलपछि सावित्राको गोल संख्या २१ पुगेको छ।
यस्तै शुक्रवारै भएको समूह बी को पहिलो खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमालाई २-० ले पारजित गर्दै सान्त्वना जित हासिल गरेको छ। दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्।
जितपछि अपराजित रहै एपीएफ समूह बीको विजेता बनेको छ भने २ मा जित र एक मा हारको नतिजा निकालेको आर्मी समूह उपविजेता बनेको छ। यसअघि नै लगातार दुई खेल जितेपछि दुवै टिम सुपर लिगमा प्रवेश गरिसकेका छन्।
यसैगरी समूह ए बाट नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल सुपर लिगमा प्रवेश गरेका छन्। अब सुपर लिगमा यी चार टोलीले एकआपसमा खेल्नेछन्।
सुपर लिगका खेलहरु पुस २३ गते, पुस २५ गते र पुस २७ गते हुनेछन्।
The Super League round has:
Nepal Police VS Nepal Army (12:15 PM) (Poush 23, 2074)
Nepal APF VS Far-Western (2:45 PM) (Poush 23, 2074)
Nepal Police VS Far-Western (12:15 PM) (Poush 25)
Armed Police Force VS Nepal Army (2:45 PM) (Poush 25)
Far-Western VS Nepal Army (12:15 PM) (Poush 27)
Nepal Police VS Armed Police Force (2:45 PM) (Poush 27)