PahiloPost

Sep 5, 2025 | २० भदौ २०८२

उपचारका लागि सहयोगको पर्खाइमा मेकअप आर्टिष्ट इन्द्र लामा, रकम जुटाउन च्यारिटी गरिदै



पहिलोपोस्ट

उपचारका लागि सहयोगको पर्खाइमा मेकअप आर्टिष्ट इन्द्र लामा, रकम जुटाउन च्यारिटी गरिदै

काठमाडौं : धर्ति आकास नामक फिल्ममार्फत स्पट ब्वाईको रुपमा करियर सुरु गरि लाइट म्यान हुँदै मेकअप आर्टिष्ट बनेका बरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन्। बिगत चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील उनले राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मन जस्ता सयौँ फिल्ममा काम गरिसकेका छन् । 

५३ वर्षाका इन्द्रको बिगत ३ महिनादेखि मिर्गौला सम्बन्धि समस्या आई शरीरको आधा भाग पक्षघात भएका कारण हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार गराईरहेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएका कारण उनले आफ्नो उपचारमा सहयोग गरिदिन नेपाली सिनेकर्मी र सिनेमा सम्बन्धि संघ संस्थालाई आग्रह गरेका छ।

साथै उनको उपचारको लागि रकम जुटाउने उदेश्यका साथ नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) संगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी छोरी माला लामा रंजितकारले यहि पुष २७ गते राजधानी ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु बनस्थली चोकमा च्यारिटेवल संस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दैछन्।

आफ्ना बाबुको जीवन रक्षाका लागि सबैले सहयोग गरि उक्त संस्कृतिक कार्यक्रममा सहभागी भईदिन छोरी मालाले सबैलाई आग्रह गरेकि छिन्। बिशेषगरि सिने क्षेत्रमा आफ्ना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राबिधिकहरुले सहयोग गरिदिनेमा पनि आशावादी भएको उनि बताउछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell