- टेक शाही/पहिलोपोस्ट-
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिस्ट पार्टी डोल्पाले जनाएको छ।
शुक्रवार बिहान ११ बजेतिर करिब १०/१२ जनाको समुहले निकुञ्जको कार्यालमा गई कालोमोसो लगाएको थियो।
आर्थिक हिनामिना गरेको भन्दै संरक्षण अधिकृत चौधरीलाई सांकेतिक कारवाही गरेको विज्ञप्ती समेत निकालेको छ।
कालोमोसो लगाउँदै गर्दा निकुञ्जको कार्यालमा रहेका कर्मचारी र विप्लव कार्यकर्ता बीच ढुङ्गा हानाहान समेत भएको स्थानीयले बताए।