सन् २०१८ को इन्डियन प्रिमियर लिग (आइपीएल)मा भारतका महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंगस र अष्ट्रलियाका स्टिभ स्मिथले राजस्थान रोएल्सबाट खेल्ने भएका छन्।
यी दुईसँगै सहभागि सबै टिमले गरी कूल १८ खेलाडी पहिलो चरणमा रिटेन भएका छन्। जसमा भारतीय टिमका कप्तान समेत रहेका विराट कोहलीलाई रोएल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १७ करोडमा रिटेन गरेको छ।
रिटेन हुने पहिलो खेलाडीको लागि १५ करोड रकम तोकिएपनि बैंगलोरले कोहलीका लागि १७ करोड खर्चेको हो। रिटेन हुने पहिलो, दवस्रो र तेस्रो खेलाडीको रकम क्रमश: १५ करोड, ११ करोड र ७ करोड तोकिएको थियो। तर कोहलीका लागि बैंगलोरले २ करोड बढी खर्च गरेको हो।
दुई वर्षपछि आइपीएलमा फर्केको चेन्नाईले धोनीलाई १५ तथा राजस्थानले स्मिथलाई १२ करोडमा रिटेन गरेको छ। धोनी र स्मिथले गत दुई सिजन राइजिङ पुने सुपरजायन्टबाट सँगै खेलेका थिए।
यस्तै रोहित शर्मा १५ तथा डेविड वार्नर १२ करोडमा रिटेन भएका छन्।
आइपीएलको गभर्निङ काउन्सिलले यस सिजन प्रत्येक टिमलाई रिटेन र आरटिएम मार्फत आफ्नो टिममा यसअघि रहेका ५ खेलाडीलाई राख्न पाउने नियम बनाएको छ।
त्यसै अनुसार हभागि ८ टिमले पहिलो चरणमा खेलाडी रिटेन गरेका छन्। कोलकता नाइटराइडर्सले भने कप्तान गोौतम गम्भिरलाई पहिलो चरणमा रिटेन गरेको छैन।
बैंगलोर, चेन्नाई, दिल्ली डेयर डेभिल्स र मुम्बई इन्डियन्सले ३-३ खेलाडी रिटेन गर्दा कोलकता र सनराइजर्स हैदरावादले समान २ खेलाडी रिटेन गरेका छन्। यस्तै राजस्थान र किंग्स एलेभेन पञ्जावले भने १-१ खेलाडी मात्र रिटेन गरेका छन्।
अब ३ खेलाडी रिटेन गर्नेले आरटिएम मार्फत अक्सनमा २ खेलाडी लिन पाउनेछन् भने २ खेलाडी रिटेन गर्नेले ३ तथा १ खेलाडी रिटेन गर्नेले पनि ३ खेलाडी लिन पाउनेछन्। बाँकी खेलाडीहरु भने अक्सनमार्फत छानिनेछ। आरटिएम मार्फत ३ खेलाडी मात्र लिन पाउने भएका कारण राजस्थान र पञ्जावले अब अक्सनअघि आफ्नो टिमको ३ खेलाडी मात्र लिन पाउनेछ।
रिटेन भएका मध्ये बैंगलोरका सर्फराज खान मात्रै अनक्याप्ड प्लेअर हुन्।
यस पटक आइपीएलमा प्रत्येक टिमले स्यालरीमा खर्च गर्न पाउने रकम समेत बढाइएको छ। जसअनुसार सहभागि टिमले आफ्नो टिममा रहने खेलाडीका लागि कूल ८० करोड खर्च गर्न पाउनेछन्। अब रिटेनमा खर्च गरेको बाहेक बाँकी रकमले अक्सनमा खेलाडी खरिद गर्न सक्नेछन्।
रिटेन भएका खेलाडीहरु यसप्रकार छन्।