.jpg)
काठमाडौं : काठमाडौंको च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पारजित गर्दै घरेलु टोली सुदूरपश्चिम-११ नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार धनगढीमा भएको उद्घाटन खेलमा सुदूरपश्चिम -११ ले च्याससलाई ५-४ ले हरायो।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको सुदूरपश्चिम जितपछि सेमिफाइनलमा पुगेको हो।
पेनाल्टीमा सुदूरपश्चिमका पाँचै खेलाडीले गोल गर्दा च्यासलका सुमन लामा गोल गर्नबाट चुकेका थिए। लामाको प्रहार सुदूरपश्चिमका गोलकिपर जोन भट्टराईले रोकेका थिए।
पेनाल्टीसुटआउटमा सुदूरपश्चिमका नरेन्द्र चौधरी, राकेश हमाल, जीवन चौधरी, चेतन थारु र विनोद केसीले गोल गरे। च्यासका लागि बुद्ध लामा, तेज तामाङ, दीनेश राजवंशी र विशाल श्रेष्ठले गोल गरे।
त्यसअघि ९० मिनेटको खेलमा सेगुन एयीटायोले २६औँ मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। तर ४०औँ मिनेटमा विनोद केसीले सुदूरपश्चिमका लागि गोल गर्दै खेल बराबरी गरेका थिए।
प्रतियोगितामा भोली साहारा क्लब पोखरा र नेपाली एपीएफ, काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा भुटानको एकसहित कूल १२ टीमको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११, उप विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल पुरस्कार हात पार्नेछन्। उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पाउनेछ।