PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ब्राजाकीको स्वास्थ्यमा सुधार



रासस

काठमाडौँ : मस्तिष्काघातबाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ। 

करिब तीन सातादेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत ब्राजाकीको स्वास्थ्यमा सुधार आएपछि  भेन्टिलेटरबाट सामान्य श्यैयामा सारिएको साहित्यकार सुनिल पुरीले जानकारी दिए।  

साहित्यकार ब्राजाकीलाई सामान्य हिँडडुल गराइए पनि बोल्न सकेका छैनन्। प्रगतिवादी एवं जीवनवादी धारका उनका ‘अन्नपूर्णाको  भोज’, ‘तिम्री स्वास्नी र म’ र ‘अवमूल्यन’ कथासंग्रहका साथै गजल संग्रह तथा पत्रपत्रिकामा लेखरचना प्रकाशित छन्। उनले‘कान्छी वेगम’ शीर्षकमा उपन्यास लेख्दैछन्। महोत्तरी स्थायी घर भएका ७६ वर्षीय ब्राजाकी हाल ललितपुर भैँसीपाटीमा बसोबास गर्दै आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell