PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

भक्तपुरमा कुलोमा भेटियो शिशुको शव



रासस

भक्तपुर : मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ।

राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए।

बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell