PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

३ हजारको रक्सी चोर्दा यत्रो सजायँ?



पहिलोपोस्ट

क्वालालाम्पुर : सुपरमार्केटबाट दुई बोतल मदिरा चोरेको मुद्दामा मलेसियाको एक अदालतले नेपाली सुरक्षा गार्डलाई ३ महिना जेल सजाय सुनाएको छ।

१ सय ३२ मलेसियन रिंगिट अर्थात् ३ हजार ३ सय ४२ रुपैयाँ मूल्यको मदिरा चोरेबापत उनलाई जेल सजाय सुनाइएको हो।

मजिस्ट्रेट उम्जरुल अन नुर उमरले ४४ वर्षका विश्व सुवेदीलाई यस्तो फैसला सुनाएका हुन्। ज्याकोब्स क्रिक सिराज रोज वाइन उनले चोरेका थिए। एइन एयू २ सुपरमार्केटमा गत २२ डिसेम्बरमा मदिरा चोरी गर्दा उनी समातिएका थिए।   

दुई सन्तानका बाबु सुवेदीलाई पेनल कोडको सेक्सन ३८० अन्तर्गत यस्तो आदेश दिइएको हो। यस्तो मुद्दामा १० वर्षसम्म फैसला सुनाउने अधिकार छ। 

सुवेदी यसअघि ओभर स्टे गरेका कारण ३ महिना यहाँको जेलमा परिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell