PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

नयाँ सरकार गठनको बाटो खोलिदेउ : एमाले सचिव ज्ञवाली



रासस

नयाँ सरकार गठनको बाटो खोलिदेउ : एमाले सचिव ज्ञवाली

पोखरा : नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए।

मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भने, 'यो सरासर जनमतको अवमूल्यन हो।'

उनले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले दुई पार्टीबीचको एकीकरणमा कुनै विवाद नभएको र सौहाद्र्रपूर्ण वातावरणमा पार्टी एकीकरण हुने विश्वास व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell