
काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत ४२औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आइतबारदेखि सुनसरीको इटहरीमा सुरु हुँदैछ।
प्रतियोगितामा जम्मा १ सय ७१ खेलाडीको सहभागिता रहने एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरी यादवले जनाएका छन्।
३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाट २७ का दरले ८१ खेलाडी सहभागी हुनेछन्। एक विभागीय टोलीबाट १५ पुरुष र १२ महिला खेलाडी रहने छन्। त्यस्तै पाँच विकास क्षेत्रबाट १८ का दरले ९० खेलाडीले भाग लिने छन्। विकास क्षेत्रमा पुरुष-महिलालाई समान ९–९ कोटा दिइएको छ।
प्रमुख प्रशिक्षक यादवका अनुसार पुरुषमा १९ र महिलामा १८ गरी जम्मा ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। तीनदिने प्रतियोगिताको महिलामा ह्यामर थ्रो राखिएको छैन।