PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

त्रिवि उपकुलपति खनियाको कारण २ महिनादेखि भर्ना अवरुद्ध!



सागर बुढाथोकी

त्रिवि उपकुलपति खनियाको कारण २ महिनादेखि भर्ना अवरुद्ध!

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले एमबिबिएसको लागि कोटा निर्धारण गरेको २ महिना बितिसक्दा पनि भर्ना सुरु भएको छैन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँका कारण एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको महिना बित्दा पनि भर्ना सुरु नभएको हो।
 

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तर्गतका विभिन्न मेडिकल कलेजको एमबिबिएस कोटा निर्धारण गरेर पठाएपनि उपकुलपति खनियाँले २ महिनादेखि रोकेर राखेका छन्। जसका कारण विद्यार्थीहरु पढ्न पाएका छैनन।
 

आइओएमले निर्धारण गरेको कोटा त्रिवीले अनुमोदन गरेर पठाउनुपर्नेमा केही मेडिकल कलेजको प्रभावमा उपकुलपतिले रोकेर राखेको आइओएम आइओएमका डिन जगदिश अग्रवालले बताए। 'केही मेडिकल कलेजले सिट संख्या घटाएको कारणले गर्दा खनियाँले ढिलाई गरेको हो। नियम विपरित प्रक्रिया अड्काएर सिट बढाउन दबाब दिएका छन्।' अग्रवालले पहिलोपोस्टसँग भने।

त्यसैको प्रभावमा उपकुलपति खनियाँले कोटा रोकेर राखेका छन्।

 

भर्ना प्रक्रिया सुरु नभएपछि प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीहरु आइओएममा दैनिक पुग्ने, इमेल लेख्ने र फोन गर्ने गरिरहेका छन्। त्रिवीले ढिलाई गरेकै कारण विद्यार्थीहरु अन्यौलमा छन भने आइओएम पधाधिकारीहरु केही जानकारी नआएको बताउँछन।
 

आइओएमले निर्धारण गरेको मापदण्डमा र नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय टेकेर कोटा निर्धारण गरी त्रिविमा पठाउने गरिन्छ। त्रिविले सिट अनुमोदन गरेपछि त्यही अनुसार भर्ना प्रक्रिया आरम्भ हुन्छ। त्रिवीले समयमै आफ्नो भुमिका निर्वाह नगरेपछि विद्यार्थीहरु अन्यौलमा परेका हुन।
 

आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेशनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सले मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको  थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell