काठमाडौं : ‘ए सोल्टिनी’ 'झुमताना झुमताना..' बोलको गीत शनिबार सार्वजनिक गरिएको छ।
निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो गीतमा शुभ तामाङ र निर्मला घिसिङले स्वर लिएका छन्।
सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन्। अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन्।
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो। फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्। काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन।