PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक, भारतले पाकिस्तानमा नखेल्ने



पहिलोपोस्ट

नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक, भारतले पाकिस्तानमा नखेल्ने

लाहोर : पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ। शनिबार लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक भएको हो।

नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए। पूर्वकार्यक्रम अनुरुप भारतले पनि पाकिस्तानमा विश्वकप खेल्ने तय भएको थियो। यद्यपि, भारतको विदेश मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतले दुबईमा खेल्ने भएको छ। त्यसैले विश्वकप ट्रफी ३ राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए। यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ।

सो अवसरमा नेपालका कप्तानले कृतनले आफ्नो टिमले निकै संर्घष गरेर विश्वकप यात्रा तय गरेको स्मण गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए। उनले भने ‘हामीले सीमित श्रोत साधनका बावजुत राम्रो तयारी गरेका छौँ। आशा छ, त्यही अनुरुप नतिजा पनि लोभ लाग्दो नै रहनेछ।’ नेपालका प्रशिक्षक रिजन प्रजुले भने ‘हामी जित्नकै लागि आएका हौँ। हामीले करिब ४ दिनसम्म बसको यात्रा गरेर आएका छौँ। शारिरिक रुपमा हामी निकै थकित भएका छौँ। यद्यपि, जित निकाल्न हामी संघर्षरत छौँ। ४० ओभरको खेल छ, हामीले समालिएर खेल्यौँ भने जित निकाल्ने छौँ।’

यस्तै पाकिस्तानका कप्तान निसारले देशले निकै संघर्षका साथ विश्वकप आयोजना गरेकोमा प्रशंसा गर्दै भने ‘हामीले राम्रो तयारी गरेका छौँ। त्यसैले उपाधि देशमा सुरक्षित हुनेछ।’ बंगलादेशका कप्तान रहमानले विश्वकपको राम्रो तयारीका लागि पाकिस्तानलाई धन्यवाद दिँदै भने ‘हामीसँग करिब ६ जना खेलाडी नयाँ छन्, जुन निकै प्रतिभाशाली छ। आशा गर्छौँ, पक्कै पनि बंगलादेशको यस विश्वकपमार्फत उदय हुनेछ।’

 

खेल तालिका परिवर्तन

अन्तिम समयमा भारतले पाकिस्तान भ्रमण नगर्ने भएपछि विश्वकपको खेल तालिका पनि परिवर्तन भएको छ। यसअघि नेपालले पहिलो खेल बंगलादेशसँग ८ जनवरीमा लाहोरमा खेल्ने थियो। तर, तालिका परिवर्तन भएपछि अब नेपालले पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ। दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ।

११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ। १३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो खेल श्रीलंकासँग खेल्नेछ। १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ। लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियासँग खेल्नेछ।

त्यस्तै विश्वकपको फाइनल हुने स्थान यसअघि पाकिस्तान भएपनि परिमार्जन भएको छ। भारतबाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ। तर, अस्ट्रेलिया अथवा भारत फाइनल पुगेमा फाइनल खेल दुबईमा हुनेछ। फाइनल खेल १८ जनवरीमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell