
काठमाडौं : राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत भएको तेश्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।
प्रतियोगिताको अन्तिम दिन सेनाले महिला ब्यक्तिगत सेवर, ईपी र सेबरको महिला टिममा स्वर्ण हात पारेको हो।
सेवर महिला ब्यक्तिगत तर्फ सेनाकी कमला श्रेष्ठले सेनाकै रविना थापालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। तेश्रो स्थानमा सेनाकी अस्मिता बस्नेत र एपीएफकी मिना देवी पौडेल रहे।
पुरुषको सेवर ब्यक्तिगत तर्फको प्रतिस्पर्धामा मध्यमाञ्चलका अमित भण्डारीले सेनाका दिनेश पाण्डेलाई हराउँदै स्वर्ण हात पारे। उनकै मेहनतमा मध्यमाञ्चलले अन्तिम दिन दुई स्वर्ण हात पार्न सफल भएको हो। व्यक्तिगत स्पर्धामा सेनाका मदन थापा र नुर बहादुर थापाले कास्य पदक पाए।
महिला ईपी टिममा दोश्रो स्थानमा मध्यमाञ्चल र तेश्रो स्थानमा एपीएफ रह्यो। यस्तै सेवरको महिला टिममा मध्यमाञ्चलले रजत र एपीएफले कास्य पायो।
यस्तै पुरुषतर्फको ईपीको टिम ईभेन्टमा एपिएफले स्वर्ण हात पार्दा मध्यमाञ्चलले रजत हात पार्यो। तेश्रो स्थानमा रहेको त्रिभुवन आर्मीले कास्य पायो। यसैगरि पुरुषको सेवर टिममा मध्यमाञ्चलले स्वर्ण जित्यो। उसले एपीएफले रजत हात पार्दा तेश्रो स्थानमा रहेको सेनाले कास्य पायो।