PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

पश्चिमाञ्चल र एपीएफलाई राष्ट्रिय ह्याण्डबलको उपाधि



पहिलोपोस्ट

पश्चिमाञ्चल र एपीएफलाई राष्ट्रिय ह्याण्डबलको उपाधि

काठमाडौं : पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चले उपाधि जितेको छ। १८औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाइनलमा पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए । त्यसै गरी पुरुष तर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपीएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो।

प्रतियोगितामा नेपाल आर्मी अनुसासित टिम घोषित भएको छ। एपीएफका दिपकसिंह बोहराले सेमिफाईनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोल कर्ताको उपाधि पाए।

पोखरा रंगशालामा सम्पन्न भएको नवौँ महिला राष्ट्रिय ह्याण्डबलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। महिलातर्फ तेश्रो स्थानको लागि भएको खेलमा पुर्वाअञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्‍यो। पुर्वाञ्चले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो।

दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुसासित टीम घोषित भएको छ। विजेतालाई जनहि ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई जनही १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको हो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी उमा राई घोषित भईन। उनले फाईनल खेलमा ८ गोलको योगदान दिईन। प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोल कर्ताको उपाधि जितिन।

विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell