PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

जुडोमा मनीतालाई स्वर्ण



पहिलोपोस्ट

जुडोमा मनीतालाई स्वर्ण

काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत १५औं राष्ट्रिय जुडो प्रतियोगितामा नेपाल आर्मीकी मनीता श्रेष्ठ प्रधानले शनिबार स्वर्ण जितेकी छन्।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५७ केजीमुनि फाइनलमा मनीताले नेपाल प्रहरीकी पूर्ण राईलाई पराजित गरिन्।

महिलाको ४८ केजीमुनि आर्मीकी सुमित्रा राई, ७० केजीमुनि प्रहरीकी सुनीता मगर र ७८ केजीमाथि आर्मीकी आकृति जोशीले स्वर्ण जिते। सुमित्राले आर्मीकै सुस्मिता लवत, सुनीताले आर्मीकी गंगा चौधरी र आकृतिले कञ्चनपुरकी सुनीता बोहरालाई फाइनलमा हराए।

पुरुष ६६ केजीमुनि पामका इन्द्रबहादुर श्रेष्ठले प्रहरीका महेन्द्र गिरी, ८१ केजीमुनि प्रहरीका मनीष महतोले बाँकेका गौरवजंग शाही तथा १०० केजीमुनि आर्मीका सूर्यमान लामाले प्रहरीका रविन श्रेष्ठलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते।

दुईदिने प्रतियोगितामा विभिन्न १३ जिल्ला र ९ क्लबका ८७ पुरुष र ४८ महिलासहित १ सय ३५ खेलाडी सहभागी छन्। पुरुष-महिलामा समान ७–७ स्पर्धा समावेश छन्। प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धको फाइनल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell