PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फिलिप काउटिन्हो बार्सिलोना जाने पक्का, विश्वकै दोस्रो महँगा खेलाडी बन्ने



पहिलोपोस्ट

फिलिप काउटिन्हो बार्सिलोना जाने पक्का, विश्वकै दोस्रो महँगा खेलाडी बन्ने

अन्तत: लिभरपुलका फिलिप काउटिन्हो स्पानिस क्लब बार्सिलोना जाने भएका छन्। बार्सिलोनाले २५ वर्षीय मिडफिल्डरलाई १४२ मिलियन पाउण्डमा क्लब भित्राउन लागेको हो। जुन विश्वको दोस्रो महँगो ट्रान्सफर हुनेछ।

बार्सिलोनाले सुरुमा लिभरपुललाई १०५ मिलियन पाउण्ड तिर्ने र बाँकी रकम पछि तिर्ने बीबीसीले जनाएको छ।

काउटिन्होले बार्सिलोनासँग बाँकी सिजनसहित साढे पाँच वर्षको लागि सम्झौता गर्ने क्लबले जनाएको छ। नोउक्याम्प पुगेपछि काउटिन्होको बाइआउट क्लब ४ सय मिलयन युरो हुनेछ।

सन् २०१३ मा इन्टर मिलानबाट ८.५ मिलयन पाउण्डमा उनी लिभरपुल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell