PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

एफए कप : म्यानचेष्टर सिटी चौथो चरणमा, बराबरीमा रोकिएपछि चेल्सीले फेरी खेल्नुपर्ने



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर सिटी चौथो चरणमा, बराबरीमा रोकिएपछि चेल्सीले फेरी खेल्नुपर्ने

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटी एएफए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दा चेल्सीले भने 'रिप्ले म्याच' खेल्नुपर्ने भएको छ। गएराती भएको खेलमा सर्जियो अगुएरोले दुई गोल गरेपछि एक गोलले पछि परेको स्थिती उल्टाउँदै सिटीले बर्नलीलाई ४-१ ले हरायो।

खेलको २५औँ मिनेटमै एस्ले बार्नसले गोल गर्दै बर्नलीलाई पहिले अग्रता दिलाएका थिए।

घरेलु मैदानमा पहिलो हाफमा १ गोलले पछि परेपछि सिटीले दोस्रो हाफमा ४ गोल गर्‍यो। अगुएरोले ५६औँ र ५८औँ मिनेटमा लगतार गोल गर्पछि सिटीले २-१ को अग्रता बनाएको थियो। सिटीका लागि लरे सानेले ७१औँ तथा बर्नार्डो शिल्भाले ८२औँ मिनेटमा गोल गरे।

उता चेल्सी भने च्याम्पियनसिप क्लब नर्वीच सिटीसँग बराबरीमा रोकिएको छ। नर्विचले घरेलु मैदानमा चेल्सीलाई गोलरहित बराबरीमा रोकेको हो। चेल्सीले चौथो चरण प्रवेशका लागि नर्विचसँग फेरी खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell